पाँच वर्षभित्र देशका प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने

काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र देशका प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रमुख ८ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने बताए ।
यस्तै, आगामी तीन वर्षभित्र विराटनगर, लाहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताका इन्डोर बहुउद्देश्यीय स्टेडियम निर्माण गरिने उनले बताए ।
प्रतिक्रिया



