आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट ल्याइएको बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए ।

त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताए ।

जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।

प्रतिक्रिया
    ट्याग: