जनकपुरधाम–पोखरा हवाई उडान सुरु, गण्डकीका मुख्यमन्त्री मधेश भ्रमणमा

जनकपुरधाम । जनकपुरधाम पोखरा हवाई उडान आजबाट सुरु भएको छ । मधेश प्रदेश र गण्डकी प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो।

गण्डकी प्रदेशको राजधानी पोखरा र मधेश प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित १८ सदस्यीय टोली मधेश प्रदेशको भ्रमणमा आएका छन् ।

३ दिने मधेश प्रदेशको भवनमा आएका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरण मन्त्री शुत्रधन महतोले स्वागत गरेका थिए।

मुख्यमन्त्री नेपाली सहित अर्थमन्त्री रामजी प्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपुर्ती मन्त्री मणिभद्र शर्मा कँडेल, गण्डकी प्रदेशका मुख्यसचिव रविलाल पन्थ, पर्यटन उद्योग तथा वाणिज्य आपुर्ती मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल लगायतका व्यक्तित्व समेत भ्रमण टोलीमा रहेका छन्।

मधेस भवनमा मुख्यमन्त्री पोखरेलसहितको टोलिलाई खाना खुवाइने छ । तत्पश्चात उनले जनकपुर जयनगर रेलको अवलोकन गर्ने छन् । त्यहाँबाट धार्मिक स्थल धनुषाधामको भ्रमण गर्ने कार्यक्रम छ।

साँझ ५ बजे सीतासरण होटेलमा मुख्यमन्त्री पोखरेलको स्वागतमा कार्यक्रम आयोजन गरिएको छ । मुख्यमन्त्री पोखरेललाई आज राति बास बस्ने वन्दोवस्त पनि सीताशरण होटेलमै गरिएको प्रदेश सरकारले जनाएको छ।

मुख्यमन्त्री पोखरेलले आइतवार बिहान जानकी मन्दिरको दर्शन र पूजा अर्चना गर्ने छन् । बिहान १० बजे बर्दिबासमा उनको स्वागतमा कार्यक्रम आयोजन गरिएको छ।

स्वागत कार्यक्रम सकेर मुख्यमन्त्री पोखरेलसहितको टोलि भ्रमणको लागि सर्लाहीको भरत ताल र नुनथर पुग्ने छन्। त्यहाँबाट बाराको गढीमाई मन्दिर दर्शन गरेर पुनः जनकपुर फर्किने छन्।

मुख्यमन्त्री पोखरेलले सोमवार बिहान महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री पोखरेलेको औपचारिक मधेस प्रदेश भ्रमण सम्पन्न हुने छ।

जलेश्वरबाट बिहान १० जनकपुरधाम विमानस्थल फर्केपछि उनी विमानबाट पोखरा फर्किने कार्यक्रम रहेको मधेस सरकारले जनाएको छ।

प्रतिक्रिया
नागरिक मिरर