जनकपुरमा अज्ञात समूहले गोली चलाउँदा एकजना युवक घाइते

जनकपुरधाम । जनकपुरमा अज्ञात समूहको गोली प्रहारबाट एकजना युवक गम्भीर घाईते भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरमा शनिबार राति हतियारधारी समूहको गोली प्रहारबाट कमला नगरपालिका–८ स्थायी घर भइ मामा घर आएका १८ वर्षीय मुकेश मुखिया गम्भीर घाइते भएका हुन् ।

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए। घाइते मुखियालाई उपचारका लागि काठमाडौं पठाइएको उनले बताए।

मामाले सञ्चालन गरेको किराना पसलमा बसिरहेका बेला मुकेशमाथि गोली प्रहार भएको एसपी रजौरेले बताए।

घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद भएको छ।

गोली प्रहार गर्नेको पहिचान गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युवकमाथि गोली प्रहार घटनामा संलग्न भएको आरोपमा चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया
नागरिक मिरर