काँग्रेस धनुषा सभापतिको टुङ्गो दाेस्राे चरणकाे निर्वाचनले लगाउने

जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको सभापतिका लागि भएको निर्वाचनबाट कुनै परिणाम ननिस्के पछि अब दोस्रो चरणको मतदान हुने भएको छ ।

मपङ्गलवार राति भएको गणनामा कुनै उम्मेदवारको मत ५१ प्रतिशत नपुगेपछि निर्वाचन दोस्रो चरणमा हुन लागेको हो ।

धनुषा काँग्रेसको जिल्ला अधिवेशनमा तिन हजार एक सय ७३ कुल मतदाता रहेकामा सोमवार दुई हजार ९ सय १२ जनाले मतदान गरेका थिए । मतदानमा २ सय ६१ जना अनुपस्थित रहेका थिए।

पहिलो चरणको मत मरिणाममा संस्थापन इतर समूहका सभापति उम्मेदवार योगेन्द्र पजियार १२ सय ४८ मत ल्याउदै अग्र स्थानमा रहेका छन् ।

मत गणनाको सुरुवाती चरणमा संस्थापन पक्षका सन्तोष यादवले अग्रता लिएका थिए भने पछिल्लो मतगणनाबाट पजियारले अग्रता बनाएका थिए ।

कुल मतपरिणाम अनुसार सभापतिका उम्मेदवारहरू योगेन्द्र पजियार १२ सय ४८, संतोष यादव ८ सय ८२ र दिनेश प्रशौलाले ६ सय ३० मत प्राप्त गरेका छन् । १ सय ५८ मत बदर भएका छन् ।

पहिलो र दोस्रो स्थान सफल उम्मेदवार क्रमशः योगेन्द्र पजियार र सन्तोष यादवबीच दोस्रो चरणको निर्वान भोलि २६ बिहान ८ बजेदेखि हुने निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिएका छन् ।

काँग्रेस धनुषाको नेतृत्वका लागि सोमवार अबेर राति सम्पन्न मतदानको मतगणना मङ्गलावर दिउँसो साढे २ बजेबाट सुरु भएर राति १२ सम्पन्न भएको थियो।

प्रतिक्रिया
नागरिक मिरर