महोत्तरीकी अञ्जली बनिन् काँग्रेस मधेश प्रदेशको सबैभन्दा कान्छो सदस्य
जनकपुरधाम । महोत्तरी जिल्लाकी अञ्जली यादव नेपाली काँग्रेस, मधेश प्रदेशको सबैभन्दा कान्छो सदस्यको रुपमा निर्वाचित भएकी छन् ।
उनी जिल्ला र प्रदेशमै सबैभन्दा बढी मत प्राप्त गर्दै महोत्तरी काँग्रेसको अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएकी हुन् । महोत्तरीको काँग्रेसको अधिवेशन फागुन २० गते सम्पन्न भएको थियो ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी शुशिला कुशवाहालाई ५५ बढी मतले पछि पार्दै विजयी हासिल गरेको मतगणना सहायक अधिकृत धर्मेन्द्र झाले जनाएको छ ।
पार्टीको सम्पन्न निर्वाचनबाट निर्वाचित उनी हाल २३ वर्ष मात्रै पुग्दैछन् ।
उनले सभापति देउवा समुहबाट निर्वाचित नागेश्वर यादवको प्यानलबाट उम्मेदवारी दिएकी थिइन् ।
प्रदेश सदस्य पदमा नवनिर्वाचित यादव नगरपालिका अन्तर्गत भुगोल तर्फबाट निर्वाचित भएकी हुन् ।
प्रतिक्रिया