नेपाली बजारमा सुनको मूल्य फेरि १ लाख नाघ्यो

काठमाडौं । नेपालमा सुनको मूल्य फेरि १ लाख रुपैयाँ नाघेको छ । बिहीबार सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ११ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पुनः ११ सय रुपैयाँले नै बढेर प्रतितोला एक लाख ३ सय रुपैयाँ कायम भएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

बुधबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया