नेपाल र चीन सरकारबीच ९ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीन सरकारबीच ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । शनिबार नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो ।

चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुख्खा घाँस (haylage) निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड–१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ ।

३ दिने नेपाल भ्रमणमा आएका मन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आइतबार उनी स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया