जसपा सांसद साहमाथि भएको आक्रमणको समाजवादी युवा सङ्घद्वारा भर्त्सना

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य,प्रतिनिधि सभा सदस्य एवम् संसदिय दलका प्रमुख सचेतक मा. प्रमोद साहमाथि भएको हमला प्रति समाजवादी युवा संघले भर्त्सना गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै २०७८ चैत १२ गतेका दिन सर्लाही जिल्लाको इश्वरपुर नगरपालिकामा नेता साह लगायत दर्जनौ जसपा कार्यकर्ता माथि भएको साङघातिक हमलाप्रति घोर भर्त्सना गरेको हो ।

आफ्ना नेता तथा कार्यकर्ता माथि नेकपा एमालेका कार्यकर्ताले साङघातिक हमला गरेको आरोप लगाउँदै यदि प्रशासनले ध्यान नदिए बाध्य भएर प्रतिकारमा उत्रिने संघले जनाएको छ ।

प्रतिक्रिया
    ट्याग: