सप्तरीमा ८४ चक्की (ट्याब्लेट) लागु औषध निट्रोसन आरसहित १ जना युवक पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का माधव नेपालकका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो।

उनको साथबाट लागु औषध निट्रोसन आर ८४ चक्की (ट्याब्लेट) बरामद गरेको प्रहरीको दाबी छ । पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहोको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया
नागरिक मिरर