मन्त्री यादवले गरिन् एकैदिन तीन पुलको उद्घाटन

जनकपुरधाम । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले एकैदिन तीन पुलको उद्घाटन गरेकी छिन् । शुक्रबार एकैदिन उनले धनुषामा दुई र सुनसरीमा एक गरी तीन पुल उद्घाटन गरेकी हुन् ।

सडक डिभिजन कार्यालय जनकपुर मार्फत् निर्माण भएको धनुषाको मुखियापट्टी मुसहरनियास्थित कुकुरधारी नदी पुल र जनकपुर परिक्रमा सडक अन्तर्गत पर्ने धनुषा र महोत्तरी जोड्ने रातु नदी पुलको विधिवत् उद्घाटन गरिएको हो ।

यस्तै, सडक डिभिजन कार्यालय धरान मार्फत् सुनसरीस्थित इनर्वामा अमारी नदीको पुल पनि उद्घाटन गरिएको हो ।

प्रतिक्रिया
नागरिक मिरर