प्रधानमन्त्री देउवा र मोदीले हरियो झण्डा देखाएर गरे कुर्था-जयनगर रेलको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुर्था-जयनगर रेलको उद्घाटन गरेका छन् ।

भारत भ्रमणका क्रममा रहेका देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको हो ।

दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।

उद्घाटन अघि रेललाई फूल लगाएर दुलही झैं सिंगारिएको थियो । जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेशनमा आएपछि यहाँ औपचारिक उद्घाटन कार्यक्रम हुनेछ

प्रतिक्रिया