कुर्था-जयनगर रेल सञ्चालनको पहिलो दिनमा १५ सय जनाले गरे यात्रा

काठमाडौं । शनिबारबाट सञ्चालनमा आएको कुर्था जनकपुर जयनगर रेल्वे सेवामा पहिलो दिन १५ सय जनाले यात्रा गरेका छन् ।

नेपाल रेल्वे कम्पनीका अनुसार आइतबार पहिलो दिन १५ सय यात्रुले यात्रा गरेका हुन् । जसबाट भाडा स्वरूप ८० हजार आम्दानी भएको नेपाल रेल्वेका महाप्रबन्धक निरन्जन झाले बताए ।

झाले रेल सेवा घाटामा नजान दैनिक कम्तीमा २ लाख रुपैयाँ आम्दानी हुनु पर्ने बताए । जनकपुरधामदेखि जयनगरसम्मको रेलको भाडा समान्य टिकट रु ७० र एसीकोच तर्फ ३ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको दिल्ली स्थित हैदराबादबाट झण्डा हल्लाएर रेलको उदघाटन गरेका थिए ।

प्रतिक्रिया