स्थानीय तह निर्वाचन आचारसंहिता आजदेखि लागू

काठमाडौं । निर्वाचन आयोगले आजबाट लागूहुने गरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन स्थानीय तह निर्वाचन २०७९ देखि कार्यान्वयन गर्नेगरी सबै राजनीतिक दल र सरोकारवालाहरुको सुझाव तथा परामर्शको आधारमा स्विकृत गरिएको निर्वाचन आचारसंहिता आजैका मितिदेखि लागू गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

निर्वाचनको प्रक्रियालाई तत्काल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै पनि विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालका प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने तथा समाजिक सञ्जालमा गलत, भ्रामक सूचना प्रवाह गर्नरगराउन वा झुटा साईट, एकाउन्ट सञ्चालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या गर्ने गरी कुनै पनि प्रकारको प्रचार सामग्री प्रकाशन तथा प्रशारण गर्न निषेध गरिएको छ ।

त्यस्तै आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्याशाला वा गोष्ठी नगर्न पनि राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाहरुलाई सचेत गराएको छ।

त्यस अवधिमा मादक पदार्थको विक्री वितरणमा समेत पूर्ण रुपमा निषेध गरिएको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया र माध्यामबाट मत माग्न वा निर्वाचन प्रचार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै पनि माध्यामबाट पोष्ट वा सेयर गर्न नहुने साथै स्थानीय तह निर्वाचन निर्देशिकाले व्यवस्था गरे बमोजिम यस अवधिमा मादक पदार्थको विक्री वितरण तथा सेवन गर्ने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ।

प्रतिक्रिया