चुनावी तालमेलबारे सत्ताघटकको बैठक जारी

काठमाडौं । सोमवार बालुवाटारमा सत्ताघटकको बैठक शुरु भएको छ । बैठकमा सत्तासाझेदार पार्टीसँग चुनावी तालमेलबारे छलफल अगाडी बढेको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन परिचालन तथा अनुगमन समितिले आइतवार स्थानीय तहमा चुनावी तालमेल गरी उम्मेदवार छनोट गर्ने अधिकार स्थानीय तहको राजनीतिक संयन्त्रलाई नै दिने सहमति गरेको थियो ।

सोही तालमेलको मोडालिटीबारे सुझावसहितको प्रतिवेदनमा गठबन्धनका शीर्षस्थ नेताहरूसंग छलफल भइरहेको प्रधानमन्त्रिको सचिवालयले बताएको हो । त्यस्तै संयुक्त अपिल पनि जारी गर्ने तयारीमा छलफलमा जुटेका हुन् ।

कुन स्थानीय तहको प्रमुख, उपप्रमुख र वडाको नेतृत्व कसले लिने भन्ने सहमति गरेर रिपोर्ट पठाउन लगाउने र त्यसैमाथि छलफल गरेर गठबन्धनमा निर्णय गर्ने प्रारम्भिक सहमति भएको सचिवालयले बताएको छ ।

प्रतिक्रिया
नागरिक मिरर