अङ्कविहीन चेन्नईको लागि बेङ्गलोर पहिलो खुड्किलो हुने सम्भावना
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्गलोरको खेल रहेको छ ।
मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । साविक विजेता चेन्नईले यसअघिका चार खेलमा जित निकाल्न असफल भएकोमा यस खेललाई महत्वपूर्ण मानिएको छ ।
अङ्कविहीन चेन्नई तालिकाको पुछारमा छ । बेङ्ग्लोर भने ४ खेलमा तीनमा जितसहित ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
आजको खेलमा चेन्नईलाई हराएमा बेङ्ग्लोर शीर्ष स्थानमा उक्लनेछ । हिजो भएको खेलमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । यस अघि गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।
यसपालिको आईपीएल क्रिकेटमा दश टोली छन् । क्रिकेट फ्यानको क्रेज चेन्नई सुपर किङ्समा भएपनि असफलताको कारण निराश देखिन्छन ।
प्रतिक्रिया