माओवादी केन्द्रका नेता अन्सारी साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको छ ।

नेकपा माओवादी केन्द्र पर्साका ईन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहाले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै अन्सारीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको बताएका हुन् ।

अन्सारीलाई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको पार्टी कार्यालय तोडफोड गरी जिल्लाका जिम्मेवार नेतृत्वहरुलाई गाली गलोज गराउन लगाएर देशी तथा विदेशी प्रतिक्रियावादीहरुको ईशारामा पार्टीलाई बदनाम गर्ने कार्य गरेको आरोप छ ।

प्रतिक्रिया