यि ७ एजेन्डासहित मेयर र उपमेयरमा उठ्दै विवेकशील साझाका उम्मेदवार (हेर्नुहोस् पूर्णपाठ)
काठमाडौं । विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले मेयर पदमा समीक्षा बास्कोटा तथा कीर्ति तुलाधरलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
मेयरको उम्मेदवार बास्कोटा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले ‘काठमाडौँ स्कुल अफ ल’बाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् ।उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १‘क’ बाट प्रदेशसभाको उम्मेदवार समेत बनेका थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
त्यस्तै उपमेयरको उम्मेदवार तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न सङ्संगठनको नेतृत्वदायी भूमिकामा छिन्।
शनिबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रममा उम्मेदवारहरूले आफ्ना सात मूल एजेन्डाहरू रहेको बताए । जसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला–संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा रहेको छ ।
हेर्नुहोस् पूर्णपाठ :