स्याङजाको वालिङमा जिप दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । स्याङजाको वालिङमा ११ जना बोकेको जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडा नम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परेर जिप चालक ५५ वर्षीय दिलबहादुर डाला, ५५ वर्षीया मायाकुमारी सारु र ३५ वर्षका योगेन्द्र थापा घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ ।

प्रतिक्रिया