मनोनयन दर्ता गर्नुअघि बाहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायमै रहने भएको छ ।

निर्वाचन आचारसंहिताले बहालवाला जनप्रतिनिधिले पुनः उमेदवारी दिन राजीनामा दिनुपर्ने प्रवधानविरुद्ध हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका थिए ।

चैत २ गते शेर्पाले दायर गरेको रिटमा सर्वोच्चले ८ चैतमा अल्पकालीन अन्तरिम आदेश जारी गरी आचारसंहिता कार्यान्वयनमा रोक लगाएका थियो ।

मंगलबार न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको छ ।

प्रतिक्रिया