नेपाल विवेकशील पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा के के छ ?

नेपाल विवेकशील पार्टीले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ । देशभरका स्थानीय तहहरूलाई आवश्यक पर्ने न्यूनतम मापदण्डहरूलाई आधार बनाई यो घोषणापत्र तयार गरिएको हो । यस दस्तावेज तथा स्थानीय आवश्यकताका आधारमा पार्टीको तर्फबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने आधिकारिक उम्मेदवारहरूले आ-आफ्ना घोषणापत्रहरू जारी गर्नेछन् । उनिहरुले सुस्कृत राजनितीको परिकल्पना साथ घोषणापत्र सार्वजानिक गरेका छन् ।

घोषणापत्रमा उल्लेख भए अनुसार स्थानीय सरकार गठनपश्चात् नेपाल विवेकशील पार्टीले गर्ने कार्यहरू निम्न अवधारणामा केन्द्रित रहनेछन् :

  • सुशासित, सुव्यवस्थित स्थानीय तह ९सुविधायुक्त, प्रविधियुक्त तथा झन्झटमुक्त सार्वजनिक सेवा
  • गरिखान सक्ने, सबल, उद्यमशील स्थानीय तह ९जीवनयापन, उत्पादकत्व तथा आर्थिक सम्पन्नता
  • सुन्दर, हराभरा, बाँझोरहित स्थानीय तह ९पर्यटन, पर्यावरण तथा कृषि उत्पादन
  • विविधतायुक्त, समावेशी स्थानीय तह ९सांस्कृतिक उत्थान, सम्पदा संरक्षण तथा विविधता
  • गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो लगायतका आधारभूत सुविधाहरू सुनिश्चित गर्ने स्थानीय तह ९पूर्वाधार तथा समतामूलक विकास
  • समन्वय र सहकार्य ९स्थानीय, प्रदेश तथा संघीय सरकार

घोषणापत्रको पूरा विवरण यस लिंकमा उपलब्ध रहेको छ ।

नेपाल विवेकशील पार्टीले देशभरका विभिन्न स्थानीय तहहरूमा कुकुरको मुखाकृति चुनाव चिह्न लिई प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: