सत्तारुढ गठबन्धनले टुंग्यायो उपमहानगरपालिकाको उम्मेदवार

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने भएको छ । बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेसको पोल्टामा मेयरको उम्मेदवारीमा सहमति जुटाएको हो । त्यस्तै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागवण्डा पनि टुंग्याएको छ । सबै महानगरपलिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने भएको छ । नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउने सहमति जुटेको हो । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ । सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा मंगलबार नै टुंग्याएका थिए । महानगर र उपमहानगरपालिकाको नेतृत्व भागवण्डाको सहमतिपत्रमा बुधबार हस्ताक्षर हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: