जनकपुरका कांग्रेस सभापति साहद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा

जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधामउपमहानगर समितिका सभापति मनोज साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

सभापति साहले पार्टी परित्याग गर्दै जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। नगर प्रमुखसहित १५ वटा वडामा वडाध्यक्षमा पनि कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिने उनले घोषणा गरे। शुक्रबार पत्रकार सम्मेलन गरी साहले पार्टीको नगर सभापति र साधारण सदस्यबाट समेत पदबाट राजीनामा दिएको जनाएका छन्।

उनले आफूसँगै कांग्रेसका १५० जना भन्दा बढी सक्रिय सदस्यले राजीनामा दिएको दाबी गरेका छन्। त्यसक्रममा साहले गठबन्धनबाट कांग्रेसले जनकपुर उपमहानगरमा प्रमुख पदमा उम्मेदवारी दिन्छ भने निर्णय पुनर्विचार गर्ने जनाएका छन्।

केन्द्रमा पाँचदलीय गठबन्धनबीच भएको भागबन्डामा जनकपुरधामको प्रमुख जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि कांग्रेस कार्यकर्ता रुष्ट बनेका छन्।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: