मंगलधुन बजाउँदै एमालेको घोषणापत्र सार्वजनिक (पूर्ण पाठ)

प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा मंगलधुन बजाएर निर्वाचनको घोषणापत्र सार्वजनिक भएको हो। ‘निर्वाचनको सन्दर्भमा पार्टी केन्द्रीय कमिटीका तर्फबाट स्थानीय तहको निर्वाचन घोषणापत्र तयार गरेर हामीले सार्वजनिक गरेका छौुं, एमाले महासचिव शंकर पोखरेलले भने।

आजै एमालेको थापाथलीस्थित केन्द्रीय कार्यालय पनि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सारिएको छ। जसको उद्घाटन अध्यक्ष ओलीले केहीबेर अघि गरेका थिए।

(पूर्ण पाठ)

https://drive.google.com/file/d/1q4l_RPZMiWg3ErSBVWerxwPy8HR626DP/view

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: