एसइई : पहिलोदिन नै पाल्पामा १२७ परीक्षार्थी अनुपस्थित

पाल्पा । पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

परीक्षामा १३६ विद्यालयका परीक्षार्थी सहभागी भएका थिए । जसका लागि २६ केन्द्र निर्धारण गरिएको छ भने २६ केन्द्राध्यक्ष, ३२ सहायक केन्द्राध्यक्ष, २४२ निरीक्षक, ४९ परीक्षा सहायक, ९८ कार्यालय सहयोगी र ३९० सुरक्षाकर्मी परिचालन गरिएको हो ।

विद्यार्थीको सङ्ख्या चार हजार ८४१ भए पनि पहिलो दिन १२७ विद्यार्थी अनुस्थित रहेको कार्यालयका सूचना अधिकारी बमबहादुर थापाले बताएका हुन् । परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गरिएको छ । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: