६ महानगरको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशित पछि मात्र छापिने

काठमाडौं । ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ ।

निर्वाचन अयोगले यने निर्णय आयोगको पूर्वनिर्णय रहेको जनाएको छ । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।

यस्तो मतपत्रमा राष्ट्रिय दलहरुले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहन्छ, उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न रहँदैन ।

प्रतिक्रिया