समय अनुकूल मनोनयन दर्ता गर्न आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई आफ्नो समयमा अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आ आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ ।
आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्न भनेको हो ।
विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेको आयोगको भनाइ छ ।
प्रतिक्रिया