सेनाको स्कर्टिङमा स्थानीय निर्वाचनको मतपत्र ढुवानी सुरु

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्र ढुवानी थालिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबारदेखि मतपत्र ढुवानी सुरु गरिएको हो ।

नेपाली सेनाको कडा सुरक्षा घेरामा मतपत्र ढुवानी हुने आयोगले जनाएको छ । मतपत्र छपाइ पनि नेपाली सेनाको अत्यन्त्र कडा सुरक्षा घेराबीच गरिएको थियो ।

मतपत्रलाई जिल्लामा पुर्याएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित ढंगले लाहाछाप, सिल लगाएर राखिने आयोगले जनाएको छ । मतपत्र मोटरबाटो पुगेको ठाउँमा ट्रकबाट र मोटर बाटो नभएका ठाउँमा हेलिकोप्टरबाट ढुवानी हुने आयोगले बताएको छ ।

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।

प्रतिक्रिया