४४ अर्ब अमेरिकी डलरमा मस्कले खरिद गरे ट्विटर

काठमाडौं । विश्वकै धनाढ्य एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने भएका छन् ।
ट्विटरको बोर्डले ४४ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । अब यस सहमतिलाई ट्विटरका शेयरधनीहरुले सदर गरेपछि अन्ततः ट्विटर मस्कको स्वामित्वमा आउने जनाइएको छ ।

दुई साताअघिमात्रै मस्कले ट्विटर खरिद गर्ने इच्छा प्रकट गरेका थिए । शुरुमा मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक नलिएपनि पछिल्लो पटक ट्विटरले उनको प्रस्तावमा सहमति जनाएको हो ।

‘वाक् स्वतन्त्रता सबल लोकतन्त्रको आधारशीला हो र ट्विटर शहरको डिजिटल चोकजस्तै हो, जहाँ मावन भविष्यका महत्वपूर्ण विषयमा बहस हुन्छ’ सम्झौतापछि मस्कले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘म नयाँ फिचर र खुला स्रोत अल्गोरिदमका साथ ट्विटरलाई अहिलेसम्मकै सबैभन्दा राम्रो बनाउन चाहन्छु ।’ विज्ञप्तिमा मस्कले लेखेका छन्, ‘ट्विटरमा विशाल सम्भावना छ ।’

फोर्ब्स म्यागेजिनका अनुसार २ खर्ब ७३ अर्ब डलरसहित मस्क विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति हुन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: