हुम्ला पुग्याे मतपत्र सहित निर्वाचन सामग्री

हुम्ला । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री आज जिल्लामा आइपुगेको छ । दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार मतपत्रलगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामग्री जिल्लामा आइपुगेको जनाइएको छ ।

मतपेटीकासमेत जिल्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । जिल्लामा मतपत्रलगायतका सामग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ आवश्यक स्थानमा पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामग्री जिल्लामा पुगेको हो । जिल्लाको सातवटै गाउँपालिकाको मतदाता सङ्ख्या ३२ हजार ५८१ रहेको छ ।

महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको जनाइएको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: