केशव स्थापितलाई कार्वाही गर्न ४५ संघसंस्थाको माग (विज्ञप्ति सहित)

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिको मेयर पदका उम्मेदवार केशव स्थापितले महिला हिंसा गरेको भन्दै उनीमाथि कारबाही गर्न महिला अधिकारको क्षेत्रमा क्रियाशिल ४५ वटा संघसंस्थाले माग गरेका छन् । 

सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले कारबाही गर्न माग गर्दै संयुक्त वक्तव्य जारी गरेका हुुन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा स्थापितले यौन दुराचारको आरोपबारे एक सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा ‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’ भनेका थिए । यसका साथै उनले प्रश्नकर्तालाई ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भनेका थिए । 

यस्तो अभिव्यक्ति दिनु आफैँमा लैंगिक हिंसा भएको उल्लेख गर्दै ४५ वटा संघसंस्थाहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका हुन् । महिला हिंसालाई प्रसय दिने व्यक्ति उम्मेदवार हुन लायक नहुने पनि वक्तव्यमा भनिएकाे छ । उनकाे उम्मेदवारी रद्द हुनुपर्ने माग पनि गरिएकाे छ । 

हेर्नुहाेस् विज्ञप्ति: 

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: