आचारसंहिता उल्लंघन गरे १ लाख जरिवानादेखि र उमेदवारी रद्दसम्म हुने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारले आचारसंहिता उल्लंघन गरे १ लाख जरिवानादेखि र उमेदवारी रद्दसम्म हुने चेतावनी दिएको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै आचारसंहिताको उल्लंघनका कारण निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित सम्पन्न हुन नसक्ने लागेमा उम्मेदवारको उम्मेदवारी रद्द गर्न सकिने चेतावनी दिएको हो ।

विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूलाई कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिइएको उल्लेख छ ।

“त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ, सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उमेदवारबाटै हटाउन आदेश दिई आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उमेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्ने र कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उमेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको सरोकारवालाहरूलाई स्मरण गराई कारबाहीका लागि आयोगमा सिफारिस गरी पठाउन सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूलाई निर्देशन पठाइसकेको छ ।” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया