निर्वाचन अपडेट : यसरी बनाउनुपर्छ मतदान केन्द्र

काठमाडौं । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुँदै छ । त्यसका लागि तोकिएको ढाँचामा मतदान केन्द्र बनाउनुपर्छ ।

मतदान अधिकृतले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–३३ बमोजिमको हुने किसिमले मतदान केन्द्र निर्माण गर्नुपर्छ । मतदान केन्द्र बनाउँदा स्थानीय व्यक्तिको सहयोग लिन तथा त्यस केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई सो काममा लगाउन सकिनेछ ।

निर्वाचन आयोगका अनुसार मतदाता प्रवेश गर्ने द्वारमा ‘भित्र’ र मतदता बाहिर निस्कने द्वारमा ‘बाहिर’ लेखिएको कार्ड सबैले देख्ने गरी टाँस्नुपर्छ ।

मतदान केन्द्रको प्रवेशद्वारमा महिला र पुरुष मतदाता अलग–अलग रूपमा लामबद्ध हुन सक्ने गरी डोरी वा बाँसले मतदाताको लागि लाम लाग्ने ठाउँ छुट्याई ‘महिला’ वा कर्मचारीको ‘पुरुष’ लेखिएको अलग–अलग कार्ड झुन्ड्याउनुपर्छ ।

मतदान केन्द्रको बाहिरपट्टि सबैले देख्ने गरी धूमपान निषेधित क्षेत्र तथा हातहतियार निषेध लेखिएको कार्ड झुन्ड्याउनुपर्छ ।

प्रतिक्रिया