स्थानीय तह निर्वाचन : कस्तो अवस्थामा मत बदर हुन्छ ?

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ९ दिन बाँकी छ । निर्वाचनमा विचार पुर्‍याएर मतदान गर्न जसक्दा मत बदर हुनसक्ने सम्भावना धेरै मात्रामा हुन्छ ।

स्थानीय तह निर्वाचनमा एक मतदाताले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ ।

मत बदर हुने अवस्था यसप्रकार छ :
– सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
– औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सब्केत गरिएको,
– मत सब्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
– उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सब्केत नगरी अन्यत्र मत सब्केत गरिएको,
– उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सब्केत गरिएको,
– कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सब्केत नगरिएको,
– निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सब्केत गरिएको,
– मत सब्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
– आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
– मतपेटिका भन्दा बाहिर राखिएको,
– जाली मतपत्र ।
निर्वाचनको सन्दर्भमा मतदाताले देहायका कर्तव्य पूरा गर्नुपर्छ
– मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने ।
– निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पु¥याउने ।
– मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदङ्गामा नलाग्ने ।
– मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा सब्केत भएको पहिरन, परिचयपत्र र व्याज
नलगाउने ।
– मतदानको दिन सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिक रूपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन
प्रयोग गर्न सकिने ।
– आचारसंहिता उल्लङ्घन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनु पर्नेछ ।
– कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन । एउटै निर्वाचनका लागि एक भन्दा बढी पटक मतदान गर्न हुँदैन ।
– कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन । यदि गरेमा कानून बमोजिम कारवाही हुनेछ ।

प्रतिक्रिया