सरकारी सेवा सुविधा नलिने मेयर उम्मेदवार चौधरी र वडाध्यक्ष उम्मेदवार यादवको घोषणा
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को नगराईन नगरपालिकाका मेयरका उम्मेदवार बनेका राजु चौधरी र वडा नं.२ को वडाध्यक्षका उम्मेदवार बनेका बुलन यादवले निर्वाचित भएपछि आफुहरुले पाउने सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
उनीहरुले आफ्नो राजनीतिलाई पेशाको रुपमा नभई, सेवाको रुपमा स्थापित गर्न निर्वाचन जिते पश्चात् नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुबिधा नलिने घोषणा गरेका हुन् ।
उनीहरुले सरकारी सेवा सुविधा व्यक्तिगत रुपमा लिएर खर्च नगर्ने भन्दै उक्त रकम समाजिक सुरक्षा कोष स्थापना गरेर भविष्यमा निम्न आय भएका गरिब घर परिवारको आईपर्ने समस्या तथा उनीहरुको आर्थिक उन्नतिको लागि खर्च गर्ने बताए ।
प्रतिक्रिया