निर्वाचको मौन अवधि २७ गतेदेखि सुरु,४८ घन्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

काठमाडौं । स्थानीय निर्वाचको मौन अवधि २७ गतेदेखि नै सुरु हुने आयोगले जनाएको छ ।

वैशाख ३० हुने स्थानीय तह निर्वाचनको लागि २७ गतेदेखि नै मौन अवधि सुरु हुने आयोगले जनाएको हो । त्यस्तै ४८ घन्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ ।

गृह मन्त्रालयले वैशाख २७ गते राति १२ बजदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गरिने बताएको छ । त्यस्तै मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न भनिएको छ ।

आयोगको सिफारिस अनुसार मन्त्रालयले मतदानको दिनको ४८ घन्टाअघिदेखि मतदानको कार्य नसकिएसम्म सबै अन्तर्राष्ट्रिय नाका बन्द गरिनेछ ।

प्रतिक्रिया