सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा ३ दिन बिदा दिने

काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा ३ दिन बिदा दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो ।

सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ । शिक्षा तथा मानव सोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले अधिकांश विद्यालय मतदान केन्द्र भएकाले सबै विद्यालय बन्द हुन सक्ने बताए ।

सरकारी निर्णयअनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ ।

प्रतिक्रिया