श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षेद्वारा राजीनामा

ऐजेन्सी । श्रीलंकाका प्रधानमन्त्री महिंदा राजपक्षेले पदबाट राजीनामा दिएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका उनुसार राजपक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेलाई आफ्नो राजीनामा बुझाएका हुन् । देशमा आर्थिक तथा राजनीतिक संकट गहिरिदै गएको बेला उनले राजीनामा दिएका छन् ।

देशमा राजनीतिक तथा आर्थिक संकटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामाका लागि अत्यधिक दबाब परेको थियो ।

देशमा आर्थिक संकट उत्पन्न भएपछि महँगी र अभाव बढेको थियो । महँगी र अभावबाट आक्रोशित जनताले आन्दोलन शुरू गरेका थिए । आन्दोलनपछि सरकारले त्यतिबेला पनि संकटकाल लगाएको थियो । आन्दोलनकारीहरूले सरकारलाई बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूले राजीनामा दिएका थिए ।

प्रतिक्रिया