मतदान केन्द्र जाँदा के गर्ने के नगर्ने ?

काठमाडौं । स्थानीय निर्वाचन आउनको लागि अब आजको दिन मात्र बाँकी छ । भोली अर्थात वैशाख ३० गते स्थानीय निर्वाचन हुँदै छ ।

मतदान केन्द्रमा मतदान गर्न जाँदा हामीले मोबाइल तथा प्रज्वलनशील पदार्थ लैजान पाइने छैन् ।

निर्वाचन आयोगका अनुसार मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू लैजान पाइने छैन् । आयोगले जनाएको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानुन बमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोग अपिल गर्दछ ।”

प्रतिक्रिया