निर्वाचनमा पैसाबाँडेकाे अभियाेगमा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी पक्राउ

जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्। उनलाई धनुषाको जनकपुरधामबाट पक्राउ गरिएको हो । सीता शरण होटेलको कोठा नम्बर ३ सय ५ बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अन्सारीले निर्वाचनकाे समयमा पैसा बाँडेको अभियोगमा समातेको हो । विभिन्न माध्यमबाट जानकारी पाएपछि प्रहरीले अनसारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएकाे छ ।

२०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो जसलाई संसदीय समितिले टुंगोमा पुर्‍याउन नसक्दा स्वतस् उनको नियुक्ति सदर भएको थियो।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: