मतदान केन्द्रको निरीक्षण गर्दै पूर्व प्रधानन्यायाधीश कार्की (फोटो सहित)

काठमाडौं– पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टाेलिले मतदान केन्द्रको निरीक्षण गरेका छन् ।

पूर्वप्रधानन्याधीश कार्की र पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टाेलिले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो । मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिइन् ।

उनले मतदान केन्द्रमा महिला र पुरुषहरुका लागि छुट्टै ठाउँ बनाएर मतदान गर्ने व्यवस्था मिलाएको पनि बताइन् । उनले मतदान स्थलमा पानी परेमा ओत लाग्ने गरी लाइनको व्यवस्था मिलाएर मतदान केन्द्रलाई व्यवस्थित बनाएको भनिन् ।

पर्यवेक्षक कार्कीले भने, ‘सबै व्यवस्था राम्रो भएको छ । यहाँ महिला र पुरुषहरुका लागि छुट्टै मतदान गर्ने व्यवस्था मिलाएको रहेछ । राम्रो छ । सबै व्यवस्था आजसम्मका लागि मिलाएको छ । यसलाई निरन्तरता दिएर भोलि निर्धक्क, भयरहीत भइ निर्वाचन गर्न सक्ने विश्वास लिएकी छु ।’

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: