प्रचण्डले गरे मतदान


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

उनले भरतपुर–१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ।

मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने छिन्। प्रचण्डले अहिले भरतपुर–१४ शिवनगरस्थित प्रचण्ड टोलमा घर बनाइरहेका छन्। उनी २ दिन अघि देखि नै चितवनमा थिए।

प्रतिक्रिया
नागरिक मिरर