मुख्यमन्त्री राउतद्वारा मतदान

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गरेको छ ।

मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रको मेरुदण्डका रुपमा निर्वाचन रहेकाले निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई आह्वान गरे ।

प्रमुख, उपप्रमुखद्वारा मतदान

वीरगञ्ज महानगरपालिकाका मुख्य प्रतिस्पर्धी मेयर तथा उपमेयर सहितका उम्मेदवारले मतदान गरेका छन् । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संयुक्त गठबन्धनबाट उम्मेदवार विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका–१३ मा रहेको खाद्य संस्थान लिमिटेडस्थित मतदानस्थलबाट मतदान गरेका छन् ।

यसैगरी सत्ता गठनबन्धक नेपाली कांग्रेस , राष्ट्रिय जनता पार्टी (राजपा), नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी (एस)को तर्फबाट संयुक्त उम्मेदवार राजेशमान सिंहले वीरगञ्ज महानगरपालिका–३ मा मालपोतमा रहेको मतदान केन्द्रबाट मतदान गरेको छ भने राप्रपाको तर्फबाट उम्मेदवार बन्नुभएका गिरिस गिरीले वीरगञ्ज महानगरपालिका–९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा मतदान गरेको छ ।रासस

प्रतिक्रिया
नागरिक मिरर