पूर्व राष्ट्रपति यादवले गरे मतदान

जनकपुरधाम । पूर्वराष्टिपति डा.रामवरण यादवले मतदान गरेका छन् । यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ लक्ष्मीनिया गाउँपालिकास्थित वि.वि.कोईराला मा.वि.सपही क बाट मतदान गरेका हुन् ।

मतदान पछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले तीनवटा क्रान्ति पछि मुलुकले पाएको लोकतन्त्रको निरन्तरताको लागि सही नेतृत्वलाई मतदान गर्न आग्रह गरे । आज सही पार्टी र सही व्यक्तिलाई मतदान गरेपछि भोली देश र समाजलाई मात्रै होईन मुलुकको लोकतान्त्रिक व्यवस्थालाई व्यवस्थित गर्दै प्रजातन्त्रलाई संस्थागत गर्दै अगाडी बढाउने दिन पनि भएको हुँदा सम्पूर्ण नेपालीलाई विवेक पुर्याएर मतदान गर्न उनले सुझाव दिए ।

सरकारले उनलाई ललितपुरमा आवासको प्रवन्ध गरेपनि उनी हाल जनकपुरधामस्थित आफ्नै निवासमा बसिरहेका छन् ।

https://www.facebook.com/nagarikmirror/posts/pfbid05h6Y4sX4UwXAP3zYaVzEcstYtChDUUP7cjtAsQSGh13HNiZuwVv57W9noVAgh5sgl?__cft__[0]=AZWTcJasl89-Q-YjeIgVmcxQVdLRZPu0SEBwGcuhsBegY3i7X6ISDHaL0j42_7PvZPyq3z1lZcPNd1YU_ZWuA8lDY-2SWRppbyOyD4cDgfH9D28wsj0mYBKLIOmkR4CDB5YfZcxgrBsDwvazF-EwJP6Xri5plFfFPcxhCab6Oul3eY7Iui09jW55eRzC9SD6yho&__tn__=%2CO%2CP-R
प्रतिक्रिया