शहीदनगर नगरपालिकामा विवाद, प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

विवादबारे बुझेपछि आफू उक्त मतदानस्थलमा पुग्न लागेको निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिए ।

विवाद भएर केही समय रोकिएको मतदान पुनः सुरु धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: