मध्यरातिसम्म भारतमा चार करोड ३१ लाख बढी कोरोना सङ्क्रमित

भारत । भारतमा २४ घण्टाको समयावधि मधयरातिसम्म दुई हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपी गत मङ्गलबारबाट केही मात्रामा कमी देखिएको छ । चौविस घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा चार हजार ९२८ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १९० पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ६०४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधि अर्थात् बिहीबार मध्यरातिसम्म तीन हजार २९० कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ७३ हजार ४६० सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: