काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहान ९ बजेबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहानबाट मात्रै सुरु हुने भएको छ । मतगणनाबारे निर्णय लिन बसेको सर्वदलीय(सर्वपक्षीय बैठकले शनिबार विहान ९ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको दलका प्रतिनिधहरूले जानकारी दिएका छन् ।

मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो । बैठकमा सहभागी नेपाली कांग्रेस प्रतिनिधि प्रश्नमान श्रेष्ठका अनुसार एउटा दलले हरेक बुथमा एक जना प्रतिनिधि राख्न पाउने छन् भने स्वतन्त्र उम्मेदवारहरुको तर्फबाट ५ जना रहनेछ ।

काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । तर, करिव ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: