बर्दिबासमा स्वतन्त्रको अग्रता, दोश्रोमा एमाले

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना शुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि शुक्रबार राती १ बजेदेखी मतगणना शुरु गरिएको छ।

बर्दिबासको १४ ओटा वडामध्ये ८ नम्बर वडाबाट मतगणना शुरु गरिएको हो।

हात्तीलेट ‘क’ र ‘ख’ मतदान केन्द्रको मतपेटिकाबाट गणना थालिएको हो अहिलेसम्म बर्दिबास ८ को ३०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार जेब्रा छाप ११९, नेकपा एमालेले ६९ र नेकपा माओवादी केन्द्रले ३० मत प्राप्त गरेका छन्।

बर्दिबासमा ४४ हजार ४६० मतदाता रहेका छन जस्मध्ये ३१ हजार ६१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। कुल मतबाट बर्दिबासमा ७१।११ प्रतिशत मत खसेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।

प्रतिक्रिया
नागरिक मिरर