दमकमा एमाले उम्मेदवारको अग्रता

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले उम्मेदवारले अग्रता लिएको छ ।

प्रारम्भिक नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १३९ मत सहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेद्वार राम थापाले १२० मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको छ । उपमेयरमा भने गठबन्धनको अग्रता छ । गठबन्धनकी रेगिना भट्टराईले १३२ मत ल्याउँदा एमाले उम्मेद्वार अम्बिका खनालले ११० मत पाएका छन् ।

वडाध्यक्षमा एमालेकै हरी नेउपानेले १४१ मत सहित अग्रता लिएका छन् । गठबन्धनका तारा अधिकारीले १३२ मत ल्याएका छन् । अहिलेसम्म ३०० मत गणना भएको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: