भरतपुर महानगरपालिकामा ४ मतले एमालेको अग्रता, रेणु पछि-पछि
चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।
१०० मत गन्दा मेयरमा एमालेका विजय सुवेदीले ४१ मत पाएका छन् । सुवेदीलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेणु दाहालले ३७ मत पाएकी छिन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ८ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३५ पाएका छन् । भरतपुरमा कांग्रेस, माओवादी केन्द्र , एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । एमालेले भने राप्रपासँग गठबन्धन गरेर चुनाव लडेको थियो ।
प्रतिक्रिया